काठमाडौं । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे ९ हजार २ सय ३३ मतान्तरका साथ विजयी भएका हुन् । पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीले २५ हजार ८ सय २२ मत प्राप्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८ सय ४२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २ सय ७५ मत प्राप्त गरेका छन् यस क्षेत्रमा ९४ हजार २ सय ८० मत खसेको थियो ।
यस्तै चितवन क्षेत्र नम्बर ३ प्रदेश २ मा नेकपा माओवादीका ठाकुर ढकाल विजयी भएका छन् । उनले १५ हजार ४ सय ६१ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी रीना गुरुङले १४ हजार ६ सय १५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)की सरस्वती विष्टले १० हजार १ सय २४ मत प्राप्त गरे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशअन्तर्गतको यस क्षेत्रमा ४४ हजार ६८ मत खसेको थियो ।



