काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ कायम रहेको छ । शुक्रबार डलर १ सय ३० रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर १ सय ३६ रुपैयाँ १९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ५५ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ २७ पैसा रहेको छ।
