images
images

निर्वाचन अपडेट : समानुपातिकतर्फ एमाले अग्रता


  • 601
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    निर्वाचन अपडेट : समानुपातिकतर्फ एमाले अग्रता

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रबिष्ट तथ्याङ्कअनुसार एमालेले १३ लाख ९५ हजार ४ सय ७ मत प्राप्त गरेको छ ।
     
    नेपाली कांग्रेसले १३ लाख २७ हजार ६ सय १३, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ४१ हजार २ सय २८, नेकपा (माओवादी केन्द्र) ले ५ लाख ९८ हजार ९ सय ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २७ हजार ४ सय ८३, नेपाल मजदुर किसान पार्टीले ५८ हजार ६ सय ६९, जनता समाजवादी पार्टी नेपालले १ लाख ५९ हजार ७, जनमत पार्टीले १ लाख ३ हजार ६ सय ६१, नागरिक उन्मुक्ति पार्टीले १ लाख पाँच हजार तीन सय ८६ र नेकपा (एकीकृत समाजवादी) पार्टीले १ लाख ९ हजार ६ सय ७७ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ६८ हजार २ सय ५३ मत प्राप्त गरेका छन् ।
     
    प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले २ लाख ६४ हजार २ सय ७२, कांग्रेसले २ लाख ३७ हजार ८ सय ८२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८८ हजार ४ सय ३९, माओवादी केन्द्रले ७५ हजार ४३  र जनता समाजवादी पार्टी, नेपालले ३६ हजार ६८ मत प्राप्त गरेका छन् ।
     
    मधेस प्रदेशमा कांग्रेसले १ लाख ६० हजार १५, एमालेले ८१ हजार ६४, जनता समाजवादी पार्टी नेपालले ७० हजार ७ सय २६, जनमत पार्टीले ५३ हजार १६ र माओवादी केन्द्रले २८ हजार पाँच सय ४२ मत प्राप्त गरेका छन् ।
     
    बागमती प्रदेशमा एमालेले २ लाख २० हजार ४ सय २१, कांग्रेसले १ लाख ९७ हजार १ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार १ सय २९, माओवादी केन्द्रले ९५ हजार ७ सय ८ र नेपाल मजदुर किसान पार्टीले ५८ हजार ५ सय ७८  मत प्राप्त गरेका छन् ।
     
    गण्डकीमा एमालेले २ लाख ४७ हजार ६ सय १५, कांग्रेसले २ लाख २१ हजार २ सय, माओवादी केन्द्रले ९८ हजार ८ सय ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३६ हजार २ सय ५४ र नेकपा (एकीकृत समाजवादी) १२ हजार २ सय ७ मत प्राप्त गरेका छन् ।
     
    लुम्बिनी प्रदेशमा एमालेले ३ लाख २० हजार ५ सय, कांग्रेसले २ लाख ८५ हजार १ सय ५४, माओवादी केन्द्रले १ लाख १७ हजार ३ सय २०, राप्रपाले ७५ हजार ४ सय २८ र नागरिक उन्मुक्ति पार्टीले ४४ हजार २ सय ९० मत प्राप्त गरेका छन् ।
     
    कर्णाली प्रदेशमा माओवादीले ६६ हजार ५०, एमालेले ६५ हजार ४ सय २, कांग्रेसले ५१ हजार असी, नेकपा (एकीकृत समाजवादी) ले १५ हजार ८ सय ६८, राप्रपाले ७ हजार ९ सय ५१ र नेपाल मजदुर किसान पार्टी ३ हजार ७ सय २८ मत प्राप्त गरेका छन् ।
     
    सुदूरपश्चिम प्रदेशमा एमालेले १ लाख १२ हजार ६ सय ९३, कांग्रेसले १ लाख २ हजार ४७, माओवादी केन्द्रले ५१ हजार ४ सय ८०, राप्रपाले १२ हजार ७ सय एक र नागरिक उन्मुक्ति पार्टीले ३० हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।

     


    images
    images

    Logo