काठमाडौं । मोरङ–२ बाट नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले ३३ हजार १ सय ४८ मत ल्याएर छन् । उनका निकटतम प्रतिसपर्धी नेपाली कांग्रेसका सुजाता कोइरालाले ३१ हजार ९ सय ४० मत पाएकी छिन् ।
कोइरालालाई पोखरेलले १ हजार २ सय ८ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ४ हजार ९ सय ४ मत पाएका छन् ।
पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यो पटक नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई उनले पराजित गरे ।