काठमाडौं । फिफा वर्ल्डकप फुटबलको आयोजक राष्ट्र कतार विश्वकपबाट बाहिरिने पहिलो मुलुक बनेको छ । शुक्रबार भएको दोस्रो खेलमा सेनेगलसँग ३–१ को अन्तरले पराजित भएसँगै कतार बाहिरिने निश्चित भएको हो ।
यसअघि इक्विेडरसँग २–० ले हारेको कतारले आज सेनेगलका खेलाडीसामु समेत गतिलो प्रदर्शन गर्न सकेन । पहिलो हाफअघि नै सेनेगलले २–० को अग्रता बनाएकोमा दोस्रो हाफमा कतारले १ गोल गरेर खेलमा फर्किन खाजेको थियो । सेनेगलले अर्को गोल थपेर खेललाई ३–१ को अवस्थामा पुर्यायो ।
अब कतारले सोही समूहको अर्को राष्ट्र नेदरल्याण्डसँग खेल्नेछ । नेदरल्याण्डसँगको खेलमा जित हार जे भए पनि कतार अर्को चरणमा जाने छैन ।