images
images

उदयपुर १ (ख) मा कांग्रेसका हिमाल कार्की विजयी


  • 371
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    उदयपुर १ (ख) मा कांग्रेसका हिमाल कार्की विजयी

    उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा सदस्य १ (ख) मा कांग्रेसका हिमाल कार्की विजयी भएका छन् ।  पार्टीका जिल्ला सभापति समेत रहेका कार्की २ सय १६ मतान्तरले विजयी भएका हुन् ।
     
    सत्ता गठबन्धनको साझा उम्मेदबार कार्कीले १४ हजार ९ सय ७९ मत ल्याएर विजयी भए ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदबार इश्वरमणि राउतले १४ हजार ७ सय ६३ मत ल्याए। कार्कीलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सहयोग रहेको थियो ।

    कार्की यसै क्षेत्रबाट २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीको साँझा उम्मेदबार रामबहादुर थापा मगरलाई १ हजार ५ सय २८ मतले पछि पार्दै निर्वाचित भएका थिए ।

    निर्वाचित हिमाल कार्की प्रदेश सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुन् ।

     


    images
    images

    Logo