काठमाडौं । नेपालमा प्रसारण हुने टेलिभिजनबाट विश्वकप फुटबल हेर्न पैसा तिर्नुपर्छ । नेपालको लागि फुटबल प्रसारणको जिम्मेवारी पाएको मिडिया हबले हिमालयन टेलिभिजनको सहकार्यमा पैसा तिरेर फुटबल प्रसारण सुरु गरेको छ । यसका लागि प्रत्येक ग्राहकले ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेको छ । मूल्य अभिवृद्धि करसहित यो ५६५ रुपैयाँ हुन आउँछ ।
तर, टेलिभिजन नभएका र टेलिभिजन भएर पनि पैसा तिर्न नसक्ने ग्राहकले भने फुटबलका ४ खेलमात्रै हेर्न पाउँछन् । तर, त्यस्ता केही वेभसाइटहरु छन् जसले इन्टरनेट प्रविधिमार्फत् फुटबलको प्रत्यक्ष प्रसारण गर्छन् । यहाँ हामीले केही त्यस्ता लिङ्कहरु दिएका छौं, जहाँ फुटबलको प्रत्यक्ष प्रसारण हुन्छ । इन्टरनेटमा लाइभ स्ट्रिमिङ हुनुपर्ने भएकोले यस्तो प्रसारण वास्तविक समयभन्दा १ देखि डेढ मिनेटसम्म ढिलो हुनसक्छ ।
यस्ता छन्, प्रत्यक्ष प्रसारण हुने वेभ लिङ्कहरु



