images
images

सरकारी ऋणको गतवर्ष मात्रै १ खर्ब २१ अर्ब साँवा–ब्याज भुक्तानी


  • 350
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    सरकारी ऋणको गतवर्ष मात्रै १ खर्ब २१ अर्ब साँवा–ब्याज भुक्तानी

    काठमाडौं । नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै त्यसका लागि हरेक वर्ष तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र नेपालले कुल १ खर्ब २१ अर्ब रुपैयाँ ऋण तिरेको छ ।

    महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक बर्ष २०७८/७९ को विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोषको आन्तरिक लेखापरीक्षण गरी तयार पारिएको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको थियो ।

    उक्त प्रतिवेदनअनुसार गत आर्थिक बर्षमा नेपालले आन्तरिक ऋणको साँवा ४७ अर्ब ३३ करोड ७८ लाख रुपैयाँ र ब्याज ३७ अर्ब ५८ करोड ६८ लाख रुपैयाँ गरी कुल८४ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ भुक्तानी गरेको छ । 

    बाह्य ऋणको साँवा २९ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ साँवा र ब्याज ७ अर्ब ४४ करोड २० लाख रुपैयाँ गरी कूल ३६ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ भुक्तानी भएको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक बर्ष २०७८÷७९ सम्ममा नेपाले तिर्न बाँकी कूल ऋण २० खर्ब ११ अर्ब ९५ करोड ४१ लाख रुपैयाँ बराबर रहेको छ । अघिल्लो आर्थिक बर्ष २०७७÷७८ मा यस्तो ऋण १७ खर्ब ३७ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ बराबर रहेको थियो । 

    अर्थात् गत आर्थिक बर्षमा मात्र नेपालको सार्वजनिक ऋण २ खर्ब ७४ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ थपिएको छ । अहिले नेपालले तिर्न बाँकी ऋणमध्ये ९ खर्ब ८६ अर्ब १० करोड ७० लाख रुपैयाँ आन्तरिक ऋण र १० खर्ब २५ अर्ब ८४ करोड ६१ लाख रुपैयाँ बराबर बाह्य ऋण रहेको छ ।


    images
    images

    Logo