images
images

३१ करोड रुपैयाँ बराबरकोे २० को नोट छाप्दै राष्ट्र बैंक


  • 648
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    ३१ करोड रुपैयाँ बराबरकोे २० को नोट छाप्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ३१ करोड रुपैयाँ बराबरको २० को नोट छाप्ने भएको छ । जसको लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ । 

    हाल कायम रहेको २० रूपैयाँको नोटले लगभग एक वर्षको माग मात्रै धन्ने देखिन्छ । २० रूपैयाँको नोट अत्याधिक चलनचल्ति हुने भएकाले एक वर्षपछि यस्को माग धान्न नसक्ने भएपछि राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको हो । 

    यस अघि छापिएको नोटमा निवर्तमान गभर्नर डा. चिरञ्जीवि नेपालको हस्ताक्षर रहेको थियो । यसपटक छापिएर आउने नोटमा भने गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ। 


    images
    images

    Logo