images
images

स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी


  • 362
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी

    स्याङ्जा । स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी भएका छन् । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गरेका छन्। थापाले २ हजार ४ सय ५५ मतान्तरले मरासिनीलाई पराजित गरे । 

    थापाले ३१ हजार ९ सय ९९ मत पाउँदा उनका प्रतिस्पर्धी मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ६ हजार ६५ मत प्राप्त गरेका हुन् ।

    थापा र मरासिनीबीच तेस्रो पटक प्रतिस्पर्धा भएको हो । स्याङ्जा क्षेत्र नं. १ मा २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका थापा विजयी भएका थिए । विसं २०७४ को निर्वाचनमा एमाले नेता मरासिनी विजयी भएका थिए । स्याङ्जा–१ (१) मा नेकपा एमालेका सुधीरकुमार पौडेल विजयी भएका छन् । १ (२) मा नेकपा एमालेकै सीता सुन्दास विजयी भएका छन् ।


    images
    images

    Logo