काठमाडौ । समानुपातिक तर्फको मतगणनामा ५ वटा प्रदेशमा एमालेले अग्रता लिएको छ । बाँकी एक–एक वटा प्रदेशमा कांग्रेस र माओवादी केन्द्र अगाडि देखिएको छ । मधेस प्रदेशमा कांग्रेस अगाडि देखिएको छ । कर्णालीमा माओवादी केन्द्र अगाडि देखिएको छ । अन्य प्रदेशमा भने एमालेले अग्रता लिएको छ ।
प्रदेश नं. १
प्रदेश सभा १ मा एमालेले अग्रस्थान हासिल गरेको छ । त्यहाँ एमालेले २ लाख ४ हजार ५८१ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १ लाख ९२ हजार ७४ मत पाएको छ । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ६५ हजार ४५ मत पाएको छ । चौथो स्थानमा रहेको जसपा नेपालले ३१ हजार ४ सय १९ मत पाएको छ । पाँचौ स्थानमा रहेको नेकपा एसले १५ हजार ३ सय ७४ मत पाएको छ ।
मधेश प्रदेश
प्रदेश सभा मधेसमा नेपाली कांग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो दल भएको छ । कांग्रेसले ८६ हजार ५ सय ५३ मत पाउँदा एमालेले ६८ हजार २ सय ३० मत आएको छ । तेश्रो स्थानमा रहेको जनता समाजवादीले ५४ हजार २ सय ७७ मत पाएको छ । चौथो स्थानमा रहेकोे जनमत पार्टीले ४६ हजार २ सय ७६ मत पाएको छ । पाँचौ स्थानमा रहेको माओवादी केन्द्रले ३२ हजार ५ सय ७ मत पाएको छ ।
बागमती प्रदेश
समानुपातिक तर्फको मतगणनामा बागमती प्रदेश सभामा एमालेले अग्रता हासिल गरेको छ । एमालेले २ लाख ११ हजार ६१ मत पाएको छ । दोश्रो स्थानमा रहेको कांग्रेसले १ लाख ९० हजार २ सय १९ मत पाएको छ । तेश्रो स्थानमा रहेको राप्रपाले १ लाख २४ हजार ४३ मत पाएको छ । चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९१ हजार २४४ मत पाएको छ । पाँचौ स्थानमा रहेको नेमकिपाले ५८ हजार ३ सय ५२ मत पाएको छ ।
गण्डकी प्रदेश
उता गण्डकी प्रदेशमा पनि समानुपातिक तर्फको मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेले २ लाख १५ हजार ७ सय ७० मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले १ लाख ९१ हजार १ सय १६ मत पाएको छ । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ९२ हजार ९सय १ मत पाएको छ । चौथो स्थानमा रहेको राप्रपाले ३२ हजार ६ सय ६६ मत पाएको छ । पाचौं स्थानमा रहेको राष्ट्रिय जनमोर्चाले १३ हजार ५ सय ९४ मत पाएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा पनि समानुपातिक तर्फको मत गणनामा एमालेले अग्रता लिएको छ । एमालेले ३ लाख ७ सय ५३ मत ल्याउँदा कांग्रेसले २ लाख ७० हजार १ सय २९ मत पाएको छ । तेश्रो स्थानमा माओवादी केन्द्रले १ लाख ८ हजार ७ सय ३ मत पाएको छ । चौथो स्थानमा रहेको राप्रपाले ७३ हजार ४ सय ९० मत र पाँचौ स्थानमा जसपा नेपालले ४६ हजार २ सय ६८ मत पाएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा भने माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रले ५५ हजार ६ सय ३७ मत पाउँदा एमालेले ४५ हजार ६ सय ३४ मत पाएको छ । तेश्रो स्थानमा रहेको कांग्रेसले ३५ हजार ५० मत पाएको छ भने चौथो स्थानमा रहेको नेकपा एसले १० हजार ९ सय ६१ मत पाएको छ ।
सुदूरपश्चिम प्रदेश
सुदरपश्चिम प्रदेशमा समानुपातिक मत गणनामा एमालेले अग्रता लिएको छ । एमालेले ९० हजार ९ सय ६५ मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले ८४ हजार २ सय २१ मत आएको छ ।
तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ४३ हजार ५६ मत पाएको छ । चौथो स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले २९ हजार ५ सय ६७ मत पाएको छ भने पाँचौ स्थानमा रहेको नेकपा एसले १३ हजार ६ सय ५७ मत पाएको छ ।



