images
images

पाल्पा क्षेत्र नं १ मा एमालेका नारायणप्रसाद आचार्य विजयी


  • 291
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    पाल्पा क्षेत्र नं १ मा एमालेका नारायणप्रसाद आचार्य विजयी

    काठमाडौं । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी भएका छन् ।आचार्यले ३१ हजार १ सय ३ मत प्राप्त गरेका छन्भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २ सय ५६ मत पाएका छन् । 
           
    स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५,  राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २ सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले १ हजार ९ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले १ सय १५ मत पाएका छन् । आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७,  राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली चिह्न) ले १० मत प्राप्त गरेका छन्

    प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार ४ सय ९१ मत खसेको थियो । जसमध्ये १ हजार ४ सय सात मत बदर भएको छ । गत मङ्सिर ५ गते साँझदेखि सुरु भएको मतगणना आज सम्पन्न भएको हो । प्रतिनिधिसभामा निर्वाचित आचार्य २०७४ को क्षेत्र नं १ ९२० मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।


    images
    images

    Logo