images
images

पाल्पा–२ मा एमालेका ठाकुरप्रसाद गैरे विजयी


  • 499
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    पाल्पा–२ मा एमालेका ठाकुरप्रसाद गैरे विजयी

    काठमाडौं । पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन् । 
     
    गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गरेका छन् । 

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा ११ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार एक सय ८० मत प्राप्त गरेका छन् ।


    images
    images

    Logo