काठमाडों । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन् ।
चौधरीले २१ हजार ८ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार १ सय २८ मत प्राप्त गरेका छन् । चौधरी एमालेका उम्मेदार रावलसँग ५ हजार ७ सय ४३ मतान्तरका साथ विजजी भएका हुन् ।
गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भगतबहादुर बडुवालले १५ हजार १ सय १६ मत प्राप्त गरेका छन्। यस्तै राप्रपाका भरतसिंह विसीले २ हजार ७ सय ८४ मत प्राप्त गरेका छन् । १ लाख ४ हजार ९ सय छ मतदाता रहेको यस क्षेत्रमा ६० हजार ३ सय ७४ मत खसेको थियो । ३ हजार ६ सय ६४ मत बदर भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (क) मा नेपाली कांग्रेसका कमलबहादुर शाह १० हजार ४ सय ३३ मत र निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी १० हजार ६ सय ६५ मतका साथ यसअघिनै विजयी भइसेका छन् ।



