images
images

एसईईको आवेदन फारम खुला, पुस १० गते आवेदन दिने अन्तिम दिन


  • 490
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    एसईईको आवेदन फारम खुला, पुस १० गते आवेदन दिने अन्तिम दिन

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन खुला गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको लागि आवेदन खुला गरेको हो । उक्त परिक्षाको लागि कक्षा १० मा नियमित रुपमा अध्ययन गर्ने विद्याथीले पुस १० गते भित्र आवेदन भरिसक्नपर्ने बोर्डले जनाएको छ । 

    फारम भर्दा साधारण तथा प्राविधिक धारतर्फका विद्यालयमा हाल कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीले रजिष्ट्रेशनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७७ वा सोभन्दा पहिले आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि (प्रधानाध्यापकबाट प्रमाणित) गरी विद्यालय पोसाकमा हाल सालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटोसहित परीक्षा दस्तुर ५०० रूपैयाँ विद्यालयमा बुझाउनुपर्ने बोर्डले जनाएको छ ।

    SEE.jpg

     

     

     


    images
    images

    Logo