काठमाडौं । नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारीको कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उहाँ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ६ सय २३ मत मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भई स्वास्थ्य तथा गृहमन्त्री भइसक्नुभएका उनले यसपटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभामा चुनाव लडेका हुन् । २०५१ र ७४ सालमा प्रतिनिधिसभामा निर्वाचित भइसक्नुभएका अधिकारी २०४८, ५६ र ०६४ को चुनावमा पराजित भएका थिए ।