काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका छन् । ढकालले २० हजार ७ सय २० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दिलबहादुर तामाङले ११ हजार २ सय ७८ मत प्राप्त गरे ।
यस्तै सोही प्रतिनिधिसभा क्षेत्रको प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका तीर्थ लामा तीन मतले विजयी भएका छन् । उनले १९ हजार २ सय ८० मतसहित जित हासिल गरेका छन् भने उहाँका प्रतिद्वन्द्वी एमालेका चन्द्र लामाले १९ हजार २ सय ७७ मत प्राप्त गरे ।
यसैगरी प्रतिनिधिसभा २ नं प्रदेशसभा १ गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी)का लक्ष्मण लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरे । मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरे ।
सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा २ मा कांग्रेसका कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २६ हजार ३५ मत प्राप्त गरे भने एमालेका कुमार थापाले २१ हजार ९ सय ५७ मत प्राप्त गरे।
प्रतिनिधिसभा(१ प्रदेशसभा १ बाट निर्वाचित ढकाल र प्रतिनिधिसभा २ प्रदेशसभा १ बाट निर्वाचित लम्साल यसअघि पनि बागमती प्रदेशसभाको सदस्य थिए । ढकाल प्रदेशको युवा तथा खेलकूद मन्त्रीसमेत छन् । जिल्लामा १ लाख ८६ हजार ९ सय ३५ ले मतदान गरेका थिए ।



