काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा बास्कोटाको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको हो ।
गणना हुन बाँकी मत ५ हजार ९ हुँदा बाँस्कोटाले ५ हजार ७ सय १८ मतान्तरले अग्रता कायम गरेका छन् । यो सँगै उनको जित निश्चित भएको छ । पछिल्ले मत परिणम अनुसार बाँस्कोटाले ४३ हजार ६ सय ८१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिव हुमागाईले ३७ हजार ९ सय ६३ मत पाएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ९ हजार ४ सय ७८ मतका साथ तेस्रो स्थानमा छन् ।