काभ्रे । काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई ३ मतले पराजित गरेका थिए ।
कांग्रेसका युवा नेता तीर्थले १९ हजार २ सय ८० र एमालेका नेता चन्द्रले १९ हजार २ सय ७७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ९जना उम्मेदवार प्रतिस्पर्धा भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।