काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।
समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म ८ लाख ९४ हजार ४ सय ९ मत पाएको छ । नेपाली कांग्रेसले ८ लाख ५७ हजार ६ सय २१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ३२ हजार ५ सय ७५ मतसहित तेस्रो स्थानमा छ ।
त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ४ लाख २ हजार ४ सय ९९ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ३३ हजार ३ सय ७५ मत पाएको छ ।
यो अवधिसम्ममा जनता समाजवादी पार्टीले १ लाख १२ हजार ५ सय ७९ मत ल्याएको छ । त्यस्तैगरी जनमत पार्टीले ६७ हजार ६ सय १४, नागरिक उन्मुक्ति पार्टीले ६२ हजार ५ सय ४७, नेकपा (एकीकृत समाजवादी)ले ६१ हजार ७ सय ४ र नेपाल मजदुर किसान पार्टीले ५६ हजार १ सय ८३ मत पाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार २ सय मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार ४ सय २३ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २१ हजार ८ सय १४ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १७ हजार १ सय ८६ मत पाएको छ ।
नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरुको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ ।



