काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । जसमा अहिलेसम्म १६ जना मन्त्रिहरुमा मध्ये ५ जना मन्त्रिहरु निर्वाचित भएका छन् भने २ जना मन्त्रिहरु पराजित भएका छन् । बाँकी रहेका मन्त्रिहरुको भने मतगणना जारी भइरहेको छ ।
अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भइसकेका छन् । उनले २५ हजार ५ सय ३४ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, यस्तै नेपाली कांग्रेसका नेता एवम् उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट निर्वाचित भइसकेका छन् ।बडूले २८ हजार ५ सय १५ मत ल्याउँदै एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् ।उनका प्रतिद्धन्द्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् ।
त्यस्तै, माओवादीका नेता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल बाग्लुङ–२ बाट विजयी भएकाल छन् । उनले नेकपा (एमालें) का मञ्जु शर्मा चालिसेलाई ४ हजार ५ सय ९९ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै, एकीकृत समाजवादीका नेता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम–१ बाट १९ हजार ५ सय ३४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार झपटबहादुर बोहरालाई ४ हजार ४ सय ८९ मतान्तरले पराजित गरेका हुन् ।
यसैगरि, यस्तै गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–३ बाट, अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्की सुनसरी ४ बाट र मेटमणि चौधरीको अग्रता कायम रहेको छ ।
यसपटक मन्त्रीमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र संस्कृति र पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराज श्रेष्ठ पराजित भइसकेका छन् ।
खानेपानी मन्त्री उमाकान्त चौधरी बारा १ बाट र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज पराजयको नजिक पुगेका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी, भूमि व्यवस्था सहरी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले यस पटक निर्वाचनमा भाग लिएका छैनन् ।



