images
images

विश्वकप फुटबल : उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो


  • 371
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    विश्वकप फुटबल : उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकियो

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा सकिएको छ ।

    कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । 

    यस बराबरी खेलसँगै समूह एचमा रहेको उरुग्वे र दक्षिण कोरियाले समान एक–एक अङ्क जोडेका छन् । आजै यस समूहको अर्को खेलमा पोर्चुगल र घाना भिड्नेछन् । 


    images
    images

    Logo