काठमाडौं । डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी भएका छन् । उनले ११ हजार २ सय २५ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४ सय ९८ मत पाएका छन् ।तेस्रो स्थानमा रहेका राप्रपाका अंगतकुमार बुढाले ६ सय ६१ मत पाएका छन् । डोल्पाबाट बुढाको यो तेस्रो जित हो ।