images
images

निर्वाचन अपडेट : समानुपातिकतर्फ एमाले अग्रता कायमै


  • 454
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    निर्वाचन अपडेट : समानुपातिकतर्फ एमाले अग्रता कायमै

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले ७ लाख १४ हजार ७ सय ३ मत प्राप्त गरेको छ ।
     
    नेपाली कांग्रेसले ६ लाख ७७ हजार १ सय ६०, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख ३९ हजार २ सय १०, नेकपा (माओवादी केन्द्र) ले ३ लाख १५ हजार ८ सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ६४ हजार २ सय ७८, नेपाल मजदुर किसान पार्टीले ५२ हजार ६ सय ६९, जनता समाजवादी पार्टी नेपालले ९६ हजार ४ सय ३, जनमत पार्टीले ५५ हजार ३ सय १५, नागरिक उन्मुक्ति पार्टीले ५३ हजार ७ सय ८१ र नेकपा (एकीकृत समाजवादी) पार्टीले ४६ हजार ९ सय ८३ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३७ हजार ५ सय ६४ मत प्राप्त गरेका छन् ।
     
    प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले १ लाख ४० हजार ४ सय ६४, कांग्रेसले १ लाख २६ हजार ५ सय ५०, माओवादी केन्द्रले ४८ हजार ९ सय ६६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार ८ सय ५७ र जनता समाजवादी पार्टी, नेपालले २१ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् ।
     
    मधेस प्रदेशमा कांग्रेसले ६० हजार ६ सय ९४, एमालेले ४७ हजार ३ सय ९५, जनता समाजवादी पार्टी नेपालले ३८ हजार ७ सय ५६, जनमत पार्टीले ३४ हजार ८ सय ६५ र माओवादी केन्द्रले १९ हजार १ सय १० मत प्राप्त गरेका छन् ।
     
    बागमती प्रदेशमा एमालेले १ लाख २५ हजार ९ सय ९३, कांग्रेसले १ लाख १४ हजार ४ सय ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८७ हजार ३ सय ७९, नेपाल मजदुर किसान पार्टीले ५५ हजार २ सय ४६ र माओवादी केन्द्रले ४५ हजार २ सय २२ मत प्राप्त गरेका छन् ।
     
    गण्डकीमा एमालेले १ लाख ५१ हजार ९ सय ६६, कांग्रेसले १ लाख ३७ हजार ६ सय ५३, माओवादी केन्द्रले ७५ हजार ५ सय २, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार ३ सय ५६ र नेकपा (एकीकृत समाजवादी) ९ हजार १ सय ८४ मत प्राप्त गरेका छन् ।
     
    लुम्बिनी प्रदेशमा एमालेले १ लाख ८० हजार ३ सय ९५, कांग्रेसले १ लाख ५२ हजार १ सय ३७, माओवादी केन्द्रले ५३ हजार ७ सय ३७, राप्रपाले ४३ हजार ४ सय ८८ र नागरिक उन्मुक्ति पार्टीले २१ हजार ५ सय ११ मत प्राप्त गरेका छन् ।
     
    कर्णाली प्रदेशमा माओवादीले ३७ हजार ४ सय ४८, एमालेले २१ हजार ८ सय २१, कांग्रेसले १४ हजार ४ सय १२, नेकपा (एकीकृत समाजवादी) ले ४ हजार ८ सय ४१, राप्रपाले २ हजार ७ सय ५० र नेपाल मजदुर किसान पार्टी १ हजार २ सय ४१ मत प्राप्त गरेका छन् ।
     
    सुदूरपश्चिम प्रदेशमा एमालेले ९ हजार ५ सय ३३, कांग्रेसले ७ हजार ८६, माओवादी केन्द्रले ५ हजार २ सय ७३, राप्रपाले १ हजार ४ सय ७१ र नागरिक उन्मुक्ति पार्टीले २ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् ।

     


    images
    images

    Logo