images
images

ललितपुर ३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी


  • 336
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    ललितपुर ३ प्रदेशसभा १ मा एमालेका महर्जन विजयी

    ललितपर । ललितपर–३ प्रदेशसभा (१) बाट नेकपा (एमाले) का रघुनाथ महर्जन विजयी भएका छन् । महर्जनले गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकाजी महर्जनलाई छ सय ८६ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत धर्मराज पौडेलले औपचारिक घोषणा गरे। 

    निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार रघुनाथले नौ हजार सात सय ६६ मत प्राप्त गरे भने राजकाजीले नौ हजार ९० मत प्राप्त गरेका छन् । 

    निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहेका राप्रपाका उम्मेदवार विनोदकुमार खड्काले सात हजार पाँच सय ८७, विवेकशील साझाका समुद्र केसीले एक हजार छ सय ९२, नेमकिपाका अशोक महर्जनले एक हजार सात र जनता समाजवादीका ओमकृष्ण श्रेष्ठले तीन सय ७९ मत प्राप्त गरेका हुन् । 

    त्यस्तै राप्रपा नेपालका श्यामबहादुर महतले दुई सय ११, स्वतन्त्र उम्मेदवार सविता महर्जनले एक हजार एक सय ३९ र अजय अछामीले दुई सय ८८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ४९ हजार ८१ मतदाता छन् ।


    images
    images

    Logo