आइतवार सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मतपरिणम सार्वजनिक भएरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन्।
बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीको बेग्ला बेग्लै समयमा फोन गरेका थिए । गोरखा क्षेत्र नं २ बाट विजयी भएका प्रचण्डलाई देउवा र ओलीले फोन गरेर बधाई दिएका हुन्।
फोनमा उनीहरूले एकआपसमा बधाई साटासाट गरेका छन् । ओलीले प्रचण्डसँग मिलेर जानेबारे प्रस्ताव राखेका थिए । यस्तै, प्रधानमन्त्री देउवाले पनि चुनावको सबै नतिजा आएपछि गठबन्धनलाई अझ बलियो बनाएर लग्ने विषयमा प्रचण्डसँग कुराकानी गरेका थिए ।