काठमाडौं । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता कायम राखेका छन् । उनी २ हजार ७२ मलते अग्रता लिइरहेका छन् ।
पछिल्लो मतपरिणम अनुसार बाँस्कोटाले २८ हजार ८ सय ९० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव हुमागाईले २६ हजार ८ सय १८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त पार्टीका उम्मेदवार दिनेश हुमागाईले ६ हजार ६ सय ८० मत ल्याएका छन् ।