काठमाडौं । बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयरपछि दोस्रो बजारमा मूल्य समायोजन भएको हो ।
जेठ ३० गते सो बैंकको शेयर २२७.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सो मूल्यका आधारमा बोनस शेयरपछि अन्तिम मूल्य २१४.२५ रुपैयाँ कायम भएको छ ।
यही अन्तिम मूल्यका आधारमा अबको कारोबार सुरु हुनेछ । मर्जरका कारण अहिले सो बैंकको शेयर कारोबार रोक्का छ । धितोपत्र बाेर्डले नयाँ नियमावली ल्याएर कारोबार खुला गर्न पाउने व्यवस्था गरे पनि हालसम्म बैंकको कारोबार खुलेको छैन ।
ग्लोबल आईएमई बैंकसँग मर्जरमा जान लागेको सो बैंकले मर्जरको अन्तिम सम्झाैता समेत गरिसकेको छ ।