images
images

१२४ कम्पनीको शेयर मूल्य बढ्दा ११ अंकले बढ्यो नेप्से 


  • 246
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    १२४ कम्पनीको शेयर मूल्य बढ्दा ११ अंकले बढ्यो नेप्से 

    काठमाडौं । आज शेयर बजार बढ्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५६ अंकले बढेर १ हजार ९ सय ३३ दशमलव ५५ विन्दुमा पुगेको छ । 

    २ सय ३२ स्क्रिपको ९२ करोड ५१ लाख रुपैयाँ बराबरको २५ लाख ६९ हजार कित्ता शेयर किनबेच भएको छ । १ सय २४ कम्पनीको शेयर मूल्य बढेको छ । ४९ कम्पनीको शेयर मूल्य घटेको छ भने १७ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । 

    विहीबार निर्जीवन बीमा बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ ।आज सबैभन्दा धेरै साइन रेसुङगा डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, हिमालयन डिष्टिलरीको ६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको २ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 


    images
    images

    Logo