images
images

समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत !


  • 543
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    समानुपातिक मतगणना जारी : प्रतिनिधिसभामा कुन दलको कति मत !

    काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले ५ लाख ५५ हजार ८ सय ३२ मत प्राप्त गरेको छ ।
     
    दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख २९ हजार ९ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या २ लाख ८६ हजार २ सय १६ रहेको छ ।

    यस्तै नेकपा (माओवादी केन्द्र)को २ लाख ५७ हजार ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ लाख ५४ हजार २ सय ३१, जनता समाजवादी पार्टी नेपालको ६६ हजार ५ सय ८८, नेपाल मजदुर किसान पार्टीको ५१ हजार २ सय ३६, जनमत पार्टीको ४५ हजार ६ सय ४१, नागरिक उन्मुक्ति पार्टीको ३८ हजार ७ सय २४, नेकपा (एकीकृत समाजवादी)को ३६ हजार ४ सय ७, लोकतान्त्रिक समाजवादी नेपालको ३१ हजार ८ सय ८६, हाम्रो नेपाली पार्टीको २१ हजार ७ सय ३० मत रहेको निर्वाचन आयोगले जनाएको छ ।


    images
    images

    Logo