काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले विजय र्याली नगर्ने घोषणा गरेका छन् । आइतवार भएको प्रतिनिधि तथा प्रदेश सभामा सर्वाधिक मतान्तरले विजयी गराएकोमा रविले सबैलाई विजय र्याली धन्यवाद सभामा सहभागी हुन अनुरोध गरेका छन् ।
रविले चितवनको ३ ठाउँमा धन्यवाद सभा गर्ने भएका छन् । लामिछानले आज ३ बजे भरतपुर १० स्थित गेस्ट आउस चौरमा, भोलि ११ बजे इच्छा कामना गाउँपालिका कार्यालय गाडीको फुटबल ग्राउण्डमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा धन्यवाद सभा गर्न लागेका छन् ।
उक्त सभामा सहभागी हुने मतादाताहरुलाई उनले एउटा फुलको थुङ्गा मात्रै लिएर आउने अनुरो गरेका छन् । फुल माला खातामा खर्च गर्दा ठुलो रकममा विदेशिने भन्दै रविले फुलको थुङ्गा मात्रै लिएर आउन आग्रह गरेका छन् ।
साथै उनले सो सभामा २ वटा बाकस राखिने बताए । जसमध्ये एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ । त्यसमा समस्या लेखेर खसाउने र अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ । त्यसमा, भ्रस्टाचारीका सुचना, लामिछानेले गर्नु पर्ने काम र खबरदारी लेखेर खसाउने बताएका छन् ।
‘राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ ।’ उनले भने ।



