काठमाडौं । मकवानपुर १ बाट महालक्ष्मी उपाध्याय( डीना) लाई हराउँदै राष्ट्रिय प्रजातन्त्र पाटी दिपकबहादुर सिंह विजयी भएका छन् । उनले २७ हजार ८ सय १६ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय( डीना)ले २५ हजार ४ सय २३ मत पाएका छन् । डीनालाई सिंहले २ हजार ३ सय मतान्तरले हराएका हुन् ।
त्यस्तै, नेकपा एमाललेका उम्मेदवार कमल थापाले २५ हजार ४ सय २० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पाटीका टाकाराम थापाले १ हजार ८ सय ६० मत पाएका छन् ।