काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी भएका छन् ।
रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार ५ सय २२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९ सय २२ मतप्राप्त गरेका छन् । रौतहट क्षेत्र नं २ को मतगणना भने जारी रहेको छ ।