images
images

चितवन २ बाट सर्वाधिक मतान्तरले रवि लामिछाने विजयी


  • 249
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    चितवन २ बाट सर्वाधिक मतान्तरले रवि लामिछाने विजयी

    काठमाडौं । चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १ सय ६२ मतान्तरले विजयी भएका छन् ।

     अन्तिम मत परिणाम अनुसार रविले ४९ हजार २६१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् ।

    रविले पाएको मतान्तर यस चुनावकै सर्वाधिक हो । यसअघि नेमकिपाका प्रेम सुवालले भक्तपुर १ मा निकटतम प्रतिस्पर्धीलाई ३१ हजार बढी मतान्तरले हराएका थिए ।


    images
    images

    Logo