भक्तपर । भक्तपुर क्षेत्र नं. १ प्रदेशसभा (२) मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाई विजयी हुनु भएका छन् । आज सम्पन्न मतगणनाको परिणाम अनुसार गोसाईले २९ हजार ७ सय ४ मत ल्याएर विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका पवन भुजुले ३ हजार १ सय ६१ मत प्राप्त गरेका छन । त्यस्तै एमालेका उम्मेदवार नारायणसुन्दर सिन्तकलाले २ हजार ४ सय २८, राप्रपाका रोशन नापितले १ हजार ९ सय ५ मत प्राप्त गरेका छन । यो संगै जिल्लामा प्रत्यक्षतर्फको सबै परिणाम आइसकेको छ । समानुपातिकतर्फको मतगणना भने जारी रहेको छ ।