काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छिन् । शर्माले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई १ सय ९६ मतले मतअन्तरले पराजित गरेकी हुन् ।
अन्तिम मत परिणम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याएकी छिन् भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले १४ हजार १ सय मत ल्याएका छन् ।