काठमाडौं । काठमाडौं क्षेत्र नं ५ को प्रदेश २ मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार खड्काले ९ हजार ७ सय ३१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत ऋतबहादुर पुलामीमगरले जानकारी दिए ।
निर्वाचित खड्का नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का क्षेत्रीय सभापतिसमेत छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार दीपक निरौलाले ८ हजार ४ सय ५ मत प्राप्त गरेका छन् ।
पराजित निरौला नेकपा (एमाले) काठमाडौँका जिल्ला अध्यक्ष एवं निवर्तमान बागमती प्रदेशका सदस्य छन् ।