भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल दोस्रोपटक विजयी भएका छन् ।
पछिल्लो परिणाममा सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८ सय ३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २ सय २२ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १ सय ६५ मत पाएका छन् ।
मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले सबै मत गनेर सकिएको र अब परिणाम सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताए ।
भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भइसकेका छन् ।