काठमाडौं । ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छिन् । उनी १८ हजार १ सय ७३ मतान्तरले विजयी भएकाी हुन् ।
अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १ सय ३६ मत पाएकी छिन् भने उनको निकटम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ मत पाएका छन् ।
त्यस्तै, माओवादी केन्द्रकी उम्मेदवार तथा ऊर्जामन्त्रीसमेत रहेकी पम्फा भुसालले ८ हजार ७ सय ६९ मत मात्र पाएकी छिन्।