गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन् । उनले १६ हजार ६ सय ४३ मतान्तर सहित उनी विजयी भएका हुन् ।
बजगाईले ३३ हजार ४ सय २८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार ७ सय ८५ मत मात्र प्राप्त गरेका छन्
सो क्षेत्रमा कुल ६० हजार २ सय ८२ मत खसेको थियो ।