काठमाडौं । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटा अग्रता कायम राखेका छन् । उनी ८ सय ७२ मलते अग्रता लिइरहेका छन् ।
पछिल्लो मतपरिणम अनुसार बाँस्कोटाले २१ हजार ३ सय ५० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव हुमागाईले २० हजार ४ सय ७८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त पार्टीका उम्मेदवार दिनेश हुमागाईले ६ हजार १ सय ९४ मत ल्याएका छन् ।