डोटीबाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका उम्मेद्वार प्रेम आले निर्वाचित भएका छन्। आले ४ हजार २ सय ६ मतान्तरका साथ विजयी भएका हुन् ।
आलेले २७ हजार २ सय १० मत प्राप्त गरेका छन् भने उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी गौरी कुमारी ओलीले २३ हजार ४ मत प्राप्त गरेकी छिन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरे।
कुल १ लाख २४ हजार ८ सय ७० मतदाता रहेकामा ६३ हजार ५ सय ५२ मत खसेको थियो, जसमध्ये ४ हजार ९ सय ६९ मत बदर भएको थियो।