भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री बिजयी भएका छन । महेश बस्नेतलाई पराजित गर्दै काँग्रेसका थापा बिजयी भएका हुन । थापाले बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गरेका हुन ।
कुल ६५ हजार ९ सय मतमध्ये थापाले २४ हजार २ सय ३८ मत पाएका छन्।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २ सय ७५ मत पाएका छन्।
यस अघिको निर्वाचनमय करिव १८ हजार मतान्तरले कांग्रेस उम्मेद्वार दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेत यस पटकको गणनामा शुरूदेखिनै पछि पर्दै आएका थिए।