काठमाडौं । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार २ सय ९६ मतले पछि पार्दै शुक्लले २८ हजार मत प्राप्त गरी निर्वाचित भएको रुपन्देही–४ का निर्वाचन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत पाएका छन् । यादव सोही क्षेत्रका निवर्तमान सांसदसमेत रहेका छन् ।
जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार ५ सय २६ मत पाएका निर्वाचन अधिकृत आचार्यले बताए । कूल १ लाख १० हजार ६ सय ५९ मत रहेको क्षेत्र नम्बर ४ मा ६९ दशमलव ६४ प्रतिशतअर्थात् ७७ हजार ६४ मत खसेको थियो ।