काठमाडौं । कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले ३० हजार ५ सय २३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का निरुदेवी पालले १८ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दीपकबहादुर सिंहले १ हजार १ सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका सूचना अधिकारी ताराप्रसाद शर्माले यो क्षेत्रमा ५७ हजार ७ सय ५८ मत खसेको बताए । उनले कूल खसेको मतमा ५४ हजार ५९ मत सदर र ३ हजार ५ सय ९९ मत बदर भएको जानकारी दिए ।