images
images

मकवानपुर २ को प्रदेश २ मा इन्द्र बानियाँ विजयी


  • 394
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    मकवानपुर २ को प्रदेश २ मा इन्द्र बानियाँ विजयी

    काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् । 

    उनले १८ हजार ७ सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार ९ सय ३४ मत प्राप्त गरे । बानियाँले १ हजार ७ सय ८२ मतान्तरले जित हात पारेका हुन् । 

    विजयी घोषणा भइसकेपछि बानियाँले मकवानपुरका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू भावी मुख्यमन्त्रीको दावेदारसमेत रहेको बताए । तेस्रो पटक विजय हात पार्नुमा मकवानपुरे जनताले आफ्नो आवश्यकता महसुस गरेको उनको भनाइ छ ।  


    images
    images

    Logo