काठमाडौं । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेद्ववार शिव हुमागाईले अग्रता कायमै राखेका छन् ।
हालसम्मको मतपरिणम अनुसार हुमागाईले १६ हजार १ सय ९१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोकुल बाँस्कोटाले १५ अजार ६ सय १३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त पार्टीका उम्मेलवार दिनेश हुमागाईले ५ हजार ४ सय ५० मत प्राप्त गरेका छन् ।