images
images

झापा–५ मा एमाले अध्यक्ष ओली छैठौँ पटक विजयी


  • 396
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    झापा–५ मा एमाले अध्यक्ष ओली छैठौँ पटक विजयी

    झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । 

    निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार ६ सय १९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २ सय ३१ मत ल्याएका छन् । 

    अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका हुन् । 


    images
    images

    Logo