काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बुधवार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यलय बाँडफाँट भएको हो ।
कम्पनीको शेयरमा १२ लाख ७७ हजार ५९ जना आवेदकबाट १ अर्ब ३७ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ८५ हजार २ सय २० कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले १० कित्ताको दरले शेयर वितरण गरिएको छ । १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख १५ हजार ७ सय ८८ जनाले सो आईपीओ पाएका छन् ।
हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म कुल ५६ लाख ६ हजार ३ सय ९० कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये २ लाख ८० हजार ३ सय २० कित्ता सामूहिक लगानी कोष र १ लाख ६८ हजार १ सय ९० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ता सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।



