images
images

काठमाडौं क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक


  • 475
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    काठमाडौं क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक

    काठमाडौं । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य विजयी भएका छन् । 

    उनले ५ हजार ४ सय ६२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजेशकाजीले शाक्य ३ हजार ७ सय ११ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६ सय ७० मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रमेश आचार्यले जानकारी दिए ।

    यसैगरी क्षेत्र नं ८ को प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा ३ हजार ३ सय ४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङले १ हजार ९ सय १५ मत पाएका छन् । कांग्रेसका अमिन पाण्डेले १ हजार २ सय ३७ मत पाएको उनले जानकारी दिए ।


    images
    images

    Logo